भारतीयहरुको जमघटनिम्ति राजदूत सबेरै काठमाडौंबाट प्रस्थान
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव धनगढी जानुभएको छ । उहाँ आज बिहान साढे ७ बजे श्री एअरलाइन्सको उडान नम्बर एसएयु २६१ मा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसहितको टोली हिजो स्थलमार्गबाट धनगढी आइपुगेको छ । नेपाली काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा पनि हिजो बिहान सबेरै काठमाडौंबाट स्वागतार्थ धनगढी जानुभएको छ ।
दिल्लीबाट हिजो आएको टोलीमा भारतीय राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार विभाग प्रमुख सुनिल अम्बेकर पनि छन् । धनगढीस्थित होटल रुबसमा अस्तिदेखि तीन दिने नेपाल–भारत सम्मेलन भइरहेको छ । चौथाइवाले र अम्बेकर पनि सोही कार्यक्रममा भाग लिन नयाँ दिल्लीबाट त्यहाँ पुगेको बताइन्छ । दुई देशबीचको आन्तरिक सभ्यता र सांस्कृतिक सम्बन्धबारे आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा. अनुराधा गोस्वामीको पनि सहभागिता छ ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका अर्थिक मामिलामन्त्री प्रकाशबहादुर देउवालगायत ५० जनाको सहभागिता रहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू