राष्ट्रसंघीय उपमहासचिव काठमाडौंमा
संयुक्त राष्ट्र संघका उच्च अधिकारी हिजो राति काठमाडौं आइपुगेका छन् । पाँच जनाको टोलीको मुकाम याक एण्ड यति होटलमा राखिएक छ ।
राष्ट्रसंघीय उपमहासचिव तथा एसिया प्रशान्तका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अरमिदा सालसियाह अलिसजाल्बानाको नेतृत्वमा रहेको टोलीले आज र भोलि सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्दैछ । राष्ट्रसंघीय टोलीमा काठमाडौंस्थित कार्यालयका प्रीतनिधिहरु समावेश छन् ।
उनीहरुले आज बिहान योजना आयोगका उपाध्यक्ष,अर्थमन्त्री, गृहमन्त्री,भौतिक निर्माण तथा यातायातमन्त्रीलगायतसँग भेट गर्ने कार्यक्रम छ । टोलीले आजै पाटन र वसन्तपुरको अवलोकन भ्रमण गर्नेछ ।
भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेपछि उपमहासचिव साँझ ८ बजे मलेसिया प्रस्थान गर्ने तालिका छ । त्यसअघि भोलि नै उनले सार्क महासचिवसँग पनि छलफल गर्नेछन् ।
टिप्पणीहरू