युएनका प्रतिनिधि उपाध्यक्ष भेटेर मन्त्रालयतिर
नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलले उर्जा मन्त्री शक्ति बहादुर बस्नेतसँग भेटवार्ता गरेको छ ।
राष्ट्रसंघीय उपमहासचिव तथा एसिया प्रशान्तका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अरमिदा सालसियाह अलिसजाल्बाना नेतृत्वको पाँच सदस्यीय टोलीले आज बिहान मन्त्रालयमा पुगेर मन्त्री बस्नेतसँग भेट गरेको हो । उक्त भेटमा काठमाडौँस्थित कार्यालयका प्रतिनिधि पनि उपस्थिति थिए ।
हिजो राति काठमाडौँ आइपुगेको राष्ट्र संघीय प्रतिनिधिमण्डलले यसअघि बिहानै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको थियो । सिंहदरबारस्थित आयोगको कार्यालयमा झन्डै एक घण्टा वार्तालाप भएको बताइएको छ । यूएन टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाश शरणमहत, भौतिक निर्माण तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतसँग आजै भेट गर्ने कार्यक्रम छ ।
भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेपछि उपमहासचिव अलिसजाल्बाना साँझ ८ बजे मलेसिया प्रस्थान गर्ने तालिका छ । त्यसअघि भोलि नै उनले सार्क महासचिवसँग पनि छलफल गर्नेछिन् ।
टिप्पणीहरू