तीन दलीय बैठकमा संवैधानिक परिषद्को बैठक बोलाउने सहमति
प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली सहभागी हुनुहुन्थ्यो । बैठकले प्रधानन्याधीश नियुक्तिका लागि तत्कालै संवैधानिक परिषद्को बैठक डाक्ने सहमति लेखकले बताए ।
सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत सहभागी उक्त बैठकमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिनसम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको बताइएको छ ।
टिप्पणीहरू