ब्राउनसुगर लिएर हिँडेका एक भारतीय र नेपाली पोखरामा पक्राउ
कास्कीको पोखरामा लागूऔषधसहित एक भारतीय र नेपाली नागरिक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–२९ तालचोककी ३२ वर्षीया राममाया कुमाल र भारत घर भएका ३२ वर्षीय अनारुल इश्लाम पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ३३ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । उनीहरु चिप्लेढुंगाबाट हिजो दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।
दुबैजनालाई समातेर प्रहरीले आव्ध्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
टिप्पणीहरू