भाजपा नेता चौथाइवाले १५ मीनेटमा सिंहदरबारबाट बाहिरिए

भाजपा नेता चौथाइवाले १५ मीनेटमा सिंहदरबारबाट बाहिरिए

आइतबार स्थलमार्ग हुँदै धनगढी आइपुगेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले सोमबार रातिदेखि काठमाडौंमा छन् । उनले यसबीचमा विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरुसँग भेटघाट गरिरहेका छन् ।

चौथाइवालेले हिजो अपरान्ह अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटघाट गरेका हुन् । मन्त्री महत र चौथाइवालेबीच हिजो पौने ५ बजेको समयमा अर्थमन्त्रालयमा कुराकानी भएको बताइन्छ । 
त्यसअघि अस्ति बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका भाजपा नेताले राति बाकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग डेढ घण्टा छलफल गरेका थिए । 

उनी धनगढीमा आयोजित नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने कार्यक्रममा सहभागी भएका हुन् । नेपाली काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा उक्त कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

टिप्पणीहरू