जाजरकोटमा पुल भाँचियो, एक जनाको मृत्यु

जाजरकोटमा पुल भाँचियो, एक जनाको मृत्यु

जाजरकोटमा भेरी नदीमाथि बन्दै गरेको पुल भाँचिएको छ । निर्माणाधीन बेलिब्रिज भाँचिदा एक जनाको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक छ । उनीहरुको नलगाड नगरपालिकास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

जाजरकोटको नलगाड नगरपालिका १२, तल्लुबगर र रुकुम पश्चिमको गोतामकोट जोड्न निर्माणाधीन पुल भाँचिएको हो ।

टिप्पणीहरू