झोलाभरी सुन लिएर हिँडेकाहरु न्युरोडमा पक्राउ

झोलाभरी सुन लिएर हिँडेकाहरु न्युरोडमा पक्राउ

नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार मोरङ, विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरको साथबाट सुन बरामद गरिएको हो । ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुनसहित दुबैजनालाई पक्राउ गरिएको बाँके प्रहरीको भनाइ छ । 

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू