बैकिङ्ग कसुर मुद्दामा फरार थानकोटकी रश्मी भक्तपुरमा फेला

बैकिङ्ग कसुर मुद्दामा फरार थानकोटकी रश्मी भक्तपुरमा फेला

प्रहरीले बैकिङ्ग कसुर मुद्दामा फरार एक महिलालाई पक्रेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका ७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बस्दै आएकी ४० वर्षीया रश्मी सिग्देल प्रहरी नियन्त्रणमा पुगेकी हुन् ।  

उनी बैकिङ्ग कसुर मुद्दामा फरार रहेको बताइएको थियो । उच्च अदालत पाटनको गत फागुन २३ गतेको फैसलाले २६ लाख ९८ हजार ५ सय रुपैयाँ बिगो तोकिएपछि उनी फरार भएकी हुन् । 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो उनलाई सूर्यविनायकबाट नियन्त्रणमा लिएको हो । उनलाई फैसला कार्यान्वयनको निम्ति भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू