गुल्मीमा भीषण आगलागी, बालकको मृत्यु

गुल्मीमा भीषण आगलागी, बालकको मृत्यु

गुल्मीमा भीषण आगलागी भएको छ । धुर्कोट ३ स्थित बर्दवास जंगलमा आगो निभाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएको बताइएको छ । 

धुर्कोट गाउँपालिका ३ का १३ वर्षका दिपक मुखियाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय ५५ वर्षे धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन् । उनको बुटवलमा उपचार भइरहेको छ ।

उता इस्मा गाउँपालिका ५, चापटारी सामुदायिक वनमा पनि भीषण आगलागी भएको छ । त्यहाँ दुई वटा गोठ नष्ट हुँदा आधा दर्जन बाख्रा पनि गोठमै जलेका छन् । प्रहरीका अनुसार आज बिहानसम्म आगो नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेको बताइन्छ ।

टिप्पणीहरू