प्रधानमन्त्रीसामु पहिले लेखक,लगत्तै कांग्रेस सभापति प्रकट

प्रधानमन्त्रीसामु पहिले लेखक,लगत्तै कांग्रेस सभापति प्रकट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा उहाँहरुले भेटघाट गर्नुभएको हो । 

प्रधानमन्त्री भेट्न देउवा बिहान सवा नौ बजेतिर बालुवाटार पुग्नुभएको थियो । त्यसअघि नै संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्रीसँग छलफलमा थिए । 

लेखक र प्रधानमन्त्रीबीच कुराकानी भैरहेका बेला सोही छलफलमा देउवा पनि मिसिनुभएको बताइएको छ ।

शान्ति प्रक्रिया टुंगोमा पुर्याउने,संसदीय समिति गठन,प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा प्रमुख प्रतिपक्षी एमालेको भूमिकाप्रति प्रधानमन्त्री प्रचण्ड सशंकित रहेको भनिएका बेला काँग्रेस सभापतिले भने दिनहुँजस्तो बालुवाटारमा भेटघाट गरिरहनु भएको छ ।

टिप्पणीहरू