दुइवटा मतपत्र खसाल्न खोज्दा जसपाका नेता पक्राउ, मतदाताले आफुलाई भोट हालेको एमाले उम्मेदवारको दाबी

दुइवटा मतपत्र खसाल्न खोज्दा जसपाका नेता पक्राउ, मतदाताले आफुलाई भोट हालेको एमाले उम्मेदवारको दाबी

बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का एक स्थानीय नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।  

देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपा नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैबीच, बारा- २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले  बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी पाएको दाबी गरे । 

तर, मतदाताले एमालेलाई मत दिने उनको भनाई छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचनासमेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।

टिप्पणीहरू