गुडिरहेको गाडीमा करेन्ट लाग्दा ड्राइभर ठहरै
मोरङको उर्लाबारीमा करेन्ट लागेर एक टिपर चालकको ज्यान गएको छ ।
उर्लाबारी नगरपालिका–५ का ३८ वर्षीय खडगबहादुर विकको हिजो बिहान गाडीमा लागेको करेन्टले मृत्यु भएको हो ।
आइतबारे भानुमार्गस्थित सडकमा ना. ८ ख ४५२५ नम्बरको टिपरको ढालाले विद्युतको मेन लाइनमा छुँदा करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारका क्रममा निधन भएको बताइएको छ ।
तत्कालै उपचारको निम्ति अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा प्राण गएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू