न्युजिल्याण्ड पठाइदिने नाममा पाँच लाखभन्दा बढी ठगी

न्युजिल्याण्ड पठाइदिने नाममा पाँच लाखभन्दा बढी ठगी

वैदैशिक रोजगारीमा न्युजिल्याण्ड पठाइदिने नाममा ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेरa सर्वसाधारणलाई ठग्दै आएका हरिजंग गुरुङलाई प्रहरीले पक्रेको हो । 

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई टोखाबाट नियन्त्रणमा लिएको हो । 

धादिङ घर भई हाल काठमाडौँको टोखा बस्दै आएका ३८ वर्षीय गुरुङले वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभनमा फसाएको खुल्न आएको छ । 

मासिक डेढ लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितहरुबाट पटक पटक गरी पाँच लाखभन्दा बढी उठाएपछि उनी सम्पर्कविहीन भएका हुन् । यता आफुहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाएको हो । 

सोही क्रममा हिजो पक्राउ परेका उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू