काठमाडौंबाट दुबई उडेको जहाजमा आगलागी, बीचैमा फिर्ता (अपडेट)
काठमाडौंबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा आगलागी भएको छ । उक्त जहाज उडेको केही क्षणमै आकाशमा इन्जिन पड्केको कारण आकाशमा घुमाइए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नओरालिएको खुलेको छ ।
फ्लाई दुबईको उडान नम्बर एफजेट ५७६ बोइङ विमान साढे ९ बजेको समयमा थानकोट हुँदै धादिङतर्फ गएको थियो । विमान चालकले धादिङमाथिको आकाश हुँदै विमानलाई सिमरा क्षेत्रको आकाशमा २८ हजार फिटमा घुमाइरहे ।
३२ हजार फिटमा पुगेपछि विमान सबै दृष्टिकोणले ठीक रहेको जानकारी गराएपछि दुबई प्रस्थान गर्न लागेको जानकारी दिइएको ।
https://janaaastha.com/story/138580
टिप्पणीहरू