आज दुबै सदनको बैठक : पहिले राष्ट्रिय सभा, ३ बजे प्रतिनिधि सभा

आज दुबै सदनको बैठक : पहिले राष्ट्रिय सभा, ३ बजे प्रतिनिधि सभा

आज दुबै सदनको बैठक डाकिएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा राखिएको छ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ । 

आजैको बैठकमा सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने विषयको जरुरी सार्वजनकि महत्वको प्रस्तावमाथि पनि छलफल हुनेछ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक, २०७६ माथि छलफल प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

आजको प्रतिनिधि सभा बैठकमा संसदीय सुनुवाई समितिका सदस्यहरुको नाम मनोनयनको प्रक्रिया अघि बढ्नेछ । त्यसका लागि सभामुख देवराज घिमिरेले नाम प्रस्ताव गर्नुहुने कार्यसूची छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

टिप्पणीहरू