‘अर्थमन्त्री खै’ भन्दै एमाले सांसदहरु जर्याकजुरुक उठेपछि सवा घण्टा बैठक स्थगित

‘अर्थमन्त्री खै’ भन्दै एमाले सांसदहरु जर्याकजुरुक उठेपछि सवा घण्टा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोधका कारण आज बसेको राष्ट्रियसभा बैठक केहीबेर स्थगित भएको छ । 

एमाले सांसदहरुले बैठकमा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध गरेपछि सभाध्यक्षले १४ मीनेटका लागि बैठक रोकेका हुन् । अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा. प्रकाशशरण महत उपस्थित नभएकोमा एमालेका सांसदहरुले बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए । 

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक–पटक अर्थमन्त्री केही समयमा आउने र छलफलमा उठेका विषय टिपोट भइरहेको जानकारी गराउँदा पनि उनीहरु रोकिएनन् । अध्यक्षले जति आग्रह गर्दा पनि सांसदहरुले विरोध गर्न नछोडेपछि सभा स्थगित गरिएको हो । 

१४ मीनेटका लागि स्थगित गरिएको बैठक त्यसपछि पुनः सुचारु भएको थियो । अर्थमन्त्री डा. महत भने आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी हुन सोल्टीमोड नजिकैको होटल हायात प्यालेस पुग्नुभएको बताइन्छ ।

टिप्पणीहरू