टीआरसीसहित प्रतिनिधिसभाका ९ वटा विधेयक विषयगत समितिमा

टीआरसीसहित प्रतिनिधिसभाका ९ वटा विधेयक विषयगत समितिमा

प्रतिनिधिसभाले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकलाई सम्बन्धित् समितिमा पठाएको छ । 

आज बसेको संसद बैठकले 'सम्बन्धित समितिमा विधेयक पठाइयोस्' भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो । जसमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)ऐन संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकलगायत नौवटा विधेयक रहेका छन् । 

अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९,  खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ र अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई सम्बन्धित समितिमा पठाइएको हो । 

आजैको बैठकले संसदको विषगत समिति गठन गरेको हो ।

टिप्पणीहरू