सहसचिवले लेखे : सरकारी कर्मचारीको व्यवहार साह्रै खराब
नेपाल सरकारका एकजना सहसचिवले तस्बिरसहित फेसबुकमा लामो स्टाटस लेखेका छन । एक जना आफन्तको भनाई उल्लेख गर्दै नेपालका सरकारी कर्मचारीको व्यवहार साह्र्रै खराब रहेको लेखेका हुन् ।निजामति कर्मचारीतर्फको इन्ट्रीग्रेटेड अवार्डसमेत जितेका रामबहादुर कुरुम्वाङसँग उनका आफन्त कुमार लिम्बु कुरुम्बांगले भनेको उल्लेख गर्दै उक्त धारणा सार्वजनिक गरेका हुन् । कुरुम्वाङले लेखेका छन्, ‘कृपया प्रतिक्रिया पाउ र शेयर गरौं ।
विश्वको किवीफु्रट्सको राजधानी न्युजिल्यान्डको टिपुकेस्थित कुरुम्वांग निवासमा म र नाताले मेरो काका कुमार लिम्बु कुरुम्वांग । तेह्रथुमको साधारण परिवारमा जन्मेको उहाँको किवि फर्म कम्पनीले वर्षमा ३ मिलियन डलर (करिब ३९ करोड) बराबरको किवी फ्रुट्स उत्पादन गर्दोरहेछ । मैले यस्तो लगानी नेपालमा गर्न अनुरोध गर्दा उहाँको जवाफ यस्तो थियो, ‘मातृभूमिको माया त लाग्छ तर मलाई नेपालका सरकारी कर्मचारीको व्यवहार साह्रै खराब लाग्छ,’ उक्त भनाई विदेशमा रहेका नोपलीहरुको प्रतिनिधि पात्र मात्रै हो ।
हामी सरकारी कर्मचारीहरुप्रति विदेशमा रहेका नेपालीहरुको धारणा निकै खराब रहेछ, ‘हामी सुध्रिने हो कि ?’ स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रप्रति दिनानुदिन आक्रोश बढ्दै र सम्मान घट्दै गएको छ । टुप्पी कसेर पढेका र लोकसेवा आयोगको परीक्षा उतीर्ण कर्मचारीप्रति आममानिसको धारणा लगभग एउटै रहेको उनको भनाइ छ । आम सर्वसाधारणको धारणा छ, ‘कर्मचारी सबै बदमास हुन्छन्, घुस नखाई कामै गर्दैनन् ।’
यस्तो अप्रमाणित तर लौकिक आरोप भए पनि निजामति कर्मचारीलाई घृणा गर्ने प्रवृति अझै नघटेको उनको भनाइ छ । त्यसको मुख्य काम सँधैको ढिलासुस्ती भएको सहसचिवको बुझाइ छ ।नेपालको निजामति कर्मचारीमा अब्बल छबि बनाएका कुरुम्वांग रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारी हुँदा उत्कृष्ट अनुगमन समिति संयोजकको रुपमा आफ्नो परिचय स्थापित गरेका थिए । यसैगरी अछाम, बाँके, बर्दिया, प्युठान, दाङमा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्दा जिम्मेवार सिडीओको भूमिकामा आफुलाई उभ्याएका थिए ।

पहाडी जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदा गाउँगाउँमा नागरिकता, मालपोत, नापी जस्ता घुम्ती सेवा सञ्चालन गरेर चर्चा कमाएका उनले नेपालका निजामति कर्मचारीमा ‘आइडल पर्सन’ को रुपमा पहिचान बनाएका हुन् । यसरी निजामति कर्मचारी क्षेत्रमा सबैले आदर गर्ने व्यक्तित्व कुरुम्वांग यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । उनैले सरकारी कर्मचारी पनि सुध्रिनु पर्ने धारणा राख्नुले निजामति कर्मचारीतन्त्रमा सुधारको खाँचो रहेको देखिएको हो ।
कर्मचारीका मुख्य हाकिमको रुपमा मुख्य सचिवले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ । कर्मचारीतन्त्रलाई सुधार्न अभियान नै चलाउनु पर्ने अवस्था भइसकेको बताइन्छ । नेपालीले झैँ कुनै दिन विदेशीले मुलुकका सरकारी कर्मचारीको खराब व्यवहार उल्लेख गरे भने त्यो क्षणझैँ सबैको निम्ति थप लाजमर्दो हुने निश्चित छ ।
टिप्पणीहरू