प्रहरी फकाउन बालेनको ६ करोड

प्रहरी फकाउन बालेनको ६ करोड

काठमाडौंका मेयर बालेन साहको शैली सञ्जीव प्रधानले गाएको गीतजस्तो, ‘नशाभित्र नशासरि, झुमिदिन्छु प्याला बनी !’ अर्थात्, होस्हवास हुँदा एउटा, ‘नशा’ लागेपछि अर्कै ।

प्रहरीले सुकुम्बासीमाथि लाठी र गोली बर्साएर बस्ती खालि गरिदिनुपर्छ भन्ने उनको माग पूरा नगर्दा उनले शुक्रवार ‘नशा’ लागेको बेला ट्वीटरमा लेखे, ‘प्रहरीका विभिन्न अनधिकृत संरचना हटाउने...।’ हो पनि, काठमाडौं महानगरभित्रकै पनि जनसेवा चौकीअन्तर्गत न्युरोडतिरका विभिन्न १३ वटा युनिट सार्वजनिकस्थलमा छन् । त्यसमध्ये मैतीदेवीस्थित बिट स्वयं प्रहरीसहित महानगरको टोलीले हटाए । ती संरचना हटाउन खोज्दा स्थानीयले नै लखेट्ने खतरा छँदै छ ।

एकातिर बालेनले प्रहरीसँग रिस राखेर ‘नशा’ मा त्यस्तो लेखे । प्रदेश सरकारले खर्च गर्ने ठाउँ नपाएर चौकी बनाइदिएजस्तै रिसाएका पुलिसलाई फकाउन पर्सिपल्टै उपत्यका प्रहरी कार्यालय पुगेर एआइजी श्यामलाल ज्ञवालीसँग सिसिटिभी जडानसम्बन्धी ६ करोडको सम्झौता गरे । त्यही सम्झौता, जुन अघिल्ला मेयर विद्यासुन्दर शाक्यले गरेका थिए, बालेनले त्यही काम गरेर आफ्नो गल्तीप्रति घुमाउरोपारामा पश्चाताप गरे ।

जबकि महानगरसँग भएको प्रहरीको सम्झौताबमोजिम काठमाडौंका सबैजसो मुख्य सडक र बजारमा सिसिटिभी जडान भइसकेका छन् । अब गल्लीहरूमा मात्र जडान गर्न बाँकी छ ।
 

टिप्पणीहरू