चिसोमा रक्सी पिएका बोहोराको कठ्यांग्रिएर मृत्यु
बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको ज्यान गएको छ । सुर्मा गाँउपालिका–३, सौनगाउँका कलक बोहोराको आइतबार साँझ मृत्यु भएको हो । उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बोहोराले मादक पदार्थ सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू