प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा बहुभाषिक कविता वाचन

प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा बहुभाषिक कविता वाचन

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्सव–२०८०’ को आयोजना गर्ने भएको छ । ६६ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले आउँदो असार ९ गते कविता महोत्सवको आयोजना गर्न लागेको हो । 

महोत्सवमा कविता वाचन गर्न चाहनेले आगामी जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भएर वा ईमेलमार्फत कम्प्युटर टाइप गरी कविता पठाउनुपर्ने जानकारी दिइएको छ । यसपटक कविता महोत्सव प्रतियोगितात्मक परम्पराको सट्टा समावेशी सहभागितामूलक हुने प्रतिष्ठानले जनाएको छ । 

नेपालको सबै भाषा वा आफ्नो मातृभाषामा कविता लेखेर कार्यक्रममा सहभागिता जनाउन सकिने प्रतिष्ठानद्धारा जारी सूचनामा उल्लेख छ । यद्यपि, मातृभाषामा लेखिएको कविता नेपाली अनुवादसहित पठाउनुपर्ने छ । 

प्रतिष्ठानका अनुसार प्राप्त कवितामध्ये १० वटालाई वाचनका लागि छनोट गरिनेछ । छनोटमा परेका हरेक कवितालाई १५ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिने बताइएको छ ।  कविता पूर्णतः मौलिक तथा महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यमबाट प्रकाशित नभएको हुनुपर्ने छ ।

त्यस्तै, म्याद नाघी आएका तथा तोकिएको मापदण्डविपरीत रहेका कवितालाई महोत्सवको मूल्याङ्कन प्रक्रियामा समावेश नगरिने स्पष्ट पारिएको छ ।
 

टिप्पणीहरू