चट्याङ लागेर भिमफेदीका राजु मातातीर्थमा बिते
काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
मकवानपुरको भिमफेदी घर भई हाल मातातीर्थ बस्दै बस्दै आएका ३५ वर्षीय राजु तामाङको चट्याङले मृत्यु भएको हो । घरको काम गरिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिँउसो चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि तत्काल वीर अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
पोर्ष्टमार्टमका लागि उनको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
टिप्पणीहरू