हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, घाइतेलाई मेडिसिटी ल्याइँदै

हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, घाइतेलाई मेडिसिटी ल्याइँदै

संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका भविन गुरुङ्गको मृत्यु भएको हो । 

हेलिकप्टरमा सवार अन्य चारमध्ये तीन जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । क्याप्टेन सुरेन्द्र पौडेल, छिरिङ भोटे र मनोज थापालाई नर्ससहित सिम्रिक हेलिकप्टरका क्याप्टेन सिदार्थ गुरुङ्गले थप उपचारका लागि मेडिसिटी हस्पिटल ल्याउन लागेका हुन् । 

अर्का घाइते विक्रम शंकरको खाँदबारीमा उपचार भइरहेको जनाइएको छ ।

हटिया गोलाको छोङगार्ङबाट माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान लिएर जाँदै गर्दा सिम्रिक एयरको हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ स्थित सिप्रुङमा आज दिँउसो दुर्घटना भएको थियो ।

टिप्पणीहरू