काठमाडौं–दुबई–काठमाडौं पानीपँधेरो बनाएका समिम मियाँ आइपुगे
नियमित रुपमा युनाइटेड अरब इमिरेट्सको दुबई जाउआउ गर्दै आएका मुस्लिम आयोगका अध्यक्ष काठमाडौं फर्केका छन् ।
उनी आज बिहान पौने ८ बजे फ्लाई दुबईको उडानमा आएको बताइएको छ । प्रायः दुबई गइरहने उनको पछिल्लो भ्रमण नयाँ वर्ष लागेपछिको पहिलो हो । उनी गत आइतबार त्यसतर्फ गएका थिए ।
त्यसअघि उनी चैत अन्तिम साता पनि त्यता गएका थिए ।दुबई जानुअघि र फर्केपछि उनी प्रायः जनकपुर र वीरगञ्ज जाने गरेका छन् । अन्सारी जस्तै एमाले सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि नियमित रुपमा विदेश गइरहन्छन् । उनी अहिले कोरिया पुगेका छन् ।
टिप्पणीहरू