भुटानी शरणार्थी प्रकरणको ट्रेलरपछि फिल्म देखिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ लाई ट्रेलरको संज्ञा दिनुभएको छ । नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारी जोसुकै भएपनि छुट नदिने बताउनुभएको छ ।
भ्रष्टाचारीको फाइल खोल्ने प्रक्रिया सुरु भएको उल्लेख गर्दै हालको अवस्थालाई ट्रेलर भन्नुभएको छ । ट्रेलरपछि सिंगो फिल्म देखिने प्रधानमन्त्रीको भनाइ छ ।
मुलुकमा आर्थिक सुस्तताको कारण नै भ्रष्टाचार रहेको उहाँले उल्लेख गर्नुभयो । भन्नुभयो, ‘भ्रष्टाचारीलाई बाँकी राखिँदैन ।’
टिप्पणीहरू