विनोद चौधरीहरुको भेला, प्रधानमन्त्रीको फेला

विनोद चौधरीहरुको भेला, प्रधानमन्त्रीको फेला

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दरबारमार्गस्थित होटल याक एण्ड यति जान लाग्नुभएको छ । त्यहाँ आयोजित नेपाल बिजनेस समिट २०२३ मा उहाँलाई प्रमुख अतिथि बनाइएको छ । 

व्यवसायी तथा बैंकर पवन गोल्यान, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, विश्व बैंकमातहतको आईएफसीका सल्लाहकार कमर सलिम,डलर अर्बपति विनोद चौधरी,युरोपियन युनियनकी राजदूत नोना डेपरेजलगायत उपस्थित हुने कार्यक्रममा उहाँले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । 

एउटा सेसनमा सांसद तथा अर्थविद डा. स्वर्णिम वाग्लेलाई पनि वक्ताको रुपमा राखिएको छ । कार्यक्रम सञ्चालन पूर्व मिस नेपाल सुगारिका केसीले गर्नेछिन् ।

टिप्पणीहरू