शीतल निवासमा नयाँ मन्त्रीको शपथ

शीतल निवासमा नयाँ मन्त्रीको शपथ

आज बिहान नियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त मन्त्री आचार्यलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । नेपाली काँग्रेसको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आज बिहान मन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघिका महिला, बालबालिकामन्त्री महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू