नागरिकता विधेयक आजै,रेशम चौधरी भोलि

नागरिकता विधेयक आजै,रेशम चौधरी भोलि

शीतल निवासमा सात महिनादेखि अड्केकोे नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गर्ने सम्भावना छ । सत्तारुढ दलका शीर्ष नेता,प्रधानमन्त्री र केही कानुन व्यवसायीको सल्लाहमा राष्ट्रपतिले आजै विधेयक जारी गर्न लाग्नुभएको बुझिएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनबाट पारित भए पनि जारी नगरी थन्काउनुभएको उक्त विधेयक आज जस्ताको तस्तै सार्वजनिक गर्न लागिएको स्रोतको दाबी छ । अस्ति बालुवाटारमा सत्तारुढ दलका नेताहरुको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिलाई विधेयक जारी गर्न आग्रह गर्नुभएको थियो ।
हिजो यसवारे मनले खाएका व्यवसायीहरुलाई बोलाएर सोधनी गरिसकिएको छ । 

तर,केही कानुन व्यवसायी र संविधानविदले भने अघिल्लो राष्ट्रपतिले अस्वीकार गरेको विधेयक शीतल निवासको घर्राबाट झिकेर प्रमाणीकरण गर्नु उचित नहुने बताएका छन् । एमाले सांसदहरुले हिजो संसद बैठकमा बोल्दै अधिवेशन चालु भएको अवस्थामा पछाडिको ढोकाबाट विधेयक जारी गर्न खोजिएकोमा रोष व्यक्त गरेका छन् ।उक्त विधेयक पुनः संसदमा छलफल गरेर प्रक्रियागत ढंगले राष्ट्रपतिसमक्ष पुग्नुपर्नेमा एमाले,राप्रपा,नेमकिपाले आवाज उठाएका छन् । कुनै पनि विधेयकको अस्तित्व अनन्तकालसम्म नहुने उनीहरुको जिकिर छ ।

यता,डिल्लीबजार कारागारमा रहेका पूर्व सांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न सरकारले आवश्यक प्रक्रिया थालेको छ । चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाको निम्ति भोलि बिधेयक दर्ता हुने बताइएको छ । यसवारे प्रक्रिया शुरु भएर टुंगोमा पुग्न २-३ महिना लाग्न सक्छ ।सरकारले उनीविरुध्द अदालतमा विचाराधीन गम्भीर फौज्दारी मुद्दा फिर्ता लिन कानुन संशोधन गर्न लागेको हो । सरकारले दल विभाजनसम्बन्धी विधेयक,सम्पत्ति शुध्दिकरणसम्बन्धी विधेयक पनि बजेट भाषणअगावै टुंग्याउने तयारी थालेको  छ ।
 

टिप्पणीहरू