सांसद अमरेशकुमारको मानसिक स्वास्थ्य जाँचको माग
प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहको मानसिक स्वास्थ्य जाँचको माग गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँचको माग गरेका हुन् ।
आजै प्रतिनिधि सभाको बैठक बस्ने बितिक्कै सांसद सिंहले विशेष समयमा बोल्न नपाएपछि आफ्नो शर्ट र गञ्जी खोलेर बैठकमा शरीरको माथिल्लो भाग नाङ्गै पारेका थिए । संसद बैठकमा मर्यादित रुपमा प्रस्तुत हुनुपर्नेमा सिंह अमर्यादित बनेपछि मैनालीले उक्त माग गरेका हुन् ।
सिंहलाई सभामुखले सदनभित्र सभ्य व्यवहार देखाउन आग्रह गर्नुभएको थियो । उनलाई असभ्य व्यवहार नगर्न चेतावनी पनि दिइयो । सभामुखको चेतावनीपछि उनले शर्ट लगाएका थिए ।
टिप्पणीहरू