राप्रपाको महिला संगठन अञ्जनाले चलाउने

राप्रपाको महिला संगठन अञ्जनाले चलाउने

पूर्वपञ्चहरुको पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल चुनिएकी छन् । 

संगठनको आज सम्पन्न प्रथम महाधिवेशनले रावलको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा संगीता मल्ल र महासचिवमा श्रीकुमारी तामाङ छानिएका छन् । 

तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित अञ्जना २०७९ असारमा महिला संगठनको अध्यक्ष बनेकी थिइन् । तर, त्यसको झण्डै एक वर्षपछि सम्पन्न महाधिवेशनले उनलाई नै अध्यक्षमा निरन्तरता दिएको हो । 

निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम भोलि ३ बजे मातृ पार्टीको केन्द्रीय कार्यालयमा हुने जनाइएको छ ।

टिप्पणीहरू