देउवा र ओलीसँग भेटेलगत्तै प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा

देउवा र ओलीसँग भेटेलगत्तै प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काभ्रेपलाञ्चोक जानुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टर एनए ०५३ मा बालुवाटारबाट त्यसतर्फ जानुभएको हो । 

उहाँ पिङ्गथली–रजवास–भूमिचुली–बढाखानी–देवीटार सडक शिलान्यासको निम्ति त्यसतर्फ जानुभएको बुझिएको छ । त्यसपछि आजै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको उद्घाटन गरेपछि उहाँ ३ बजे राजधानी फर्कने कार्यक्रम छ । 

यसअघि उहाँले बालुवाटारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू