गृहमन्त्रीले खुट्टा नकमाउने काँग्रेस नेताहरुको विश्वास

गृहमन्त्रीले खुट्टा नकमाउने काँग्रेस नेताहरुको विश्वास

नेपाली काँग्रेसका युवा नेताहरुले नक्कली शरणार्थी खडा गरेर करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।

काँग्रेसका तेस्रो पुस्ताका नेताहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यस्तो माग राखेका हुन् । आफ्नै पार्टीका नेतासमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको केही घन्टामै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेका उनीहरुले कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न गृहमन्त्री लाई सुझाव पनि दिएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदममा ऐक्यवद्धता जनाउँदै नेताहरुले अनुसन्धानलाई निश्कर्षमा पुराउन सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोडसमेत दिएको बताइएको छ ।

ज्ञापनपत्र बुझाउन काँग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, गोविन्द पोखरेललगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।

टिप्पणीहरू