तीन शीर्ष नेताको गुप्त संवादमा के भयो बातचित ?

तीन शीर्ष नेताको गुप्त संवादमा के भयो बातचित ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता सकिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे तीन नेताको कुराकानी भएको हो ।  

तीन नेताको गुप्त संवादमा केहीबेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सामेल हुनुभएको बताइएको छ । 

नक्कली शरणार्थी प्रकरणमा नेपाली काँग्रेस र एमालेका उपल्लो तहका नेताहरुको संलग्नता खुल्न थालेपछि केही दिनयता शीर्ष नेताहरुको भेटघाट बाक्लिएको हो । आजको भेटघाट पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपछि लगत्तै भएको हो । 

यता, तीन जना नेताको छलफल भइरहँदा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीले आफू अस्पतालमा उपचाररत रहेको विवरण उल्लेख गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् । उनले आजै प्रहरीको काठमाडौं परिसर, टेकूमा आत्मसमर्पण गर्ने बताएका छन् ।

टिप्पणीहरू