विप्लवहरु जेठको पहिलो सातादेखि तराई झर्ने

विप्लवहरु जेठको पहिलो सातादेखि तराई झर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले केन्द्रीय समिति बैठक बोलाएको छ । 

कपिलवस्तुको शिवगढीस्थित नेकपाको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । आगामी जेठ ११ गतेदेखि विप्लवको घर नजिकै रहेको शिवगढीमा बैठक डाकिएको बताइएको छ । 

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा सम्मिलित समाजवादी मोर्चा गठनको तयारी अन्तिम चरणमा रहेको र त्यसमा विप्लवको नेकपालाई समेत सामेल गराउन विभिन्न पक्षीय छलफल भइरहेको भनिएका बेला बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई वामपन्थी वृत्तमा चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू