चप्पल कारखाना नजिकै काँग्रेस बैठक जारी

चप्पल कारखाना नजिकै काँग्रेस बैठक जारी

सत्तारुढ दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठकको शुरु भएको छ । 

धुम्बाराही नजिकै चप्पल कारखानास्थित सभापति शेरबहादुर देउवाको निवासमा साँझ ७ बजेदेखि बैठक शुरु भएको हो । अहिले बैठक जारी छ । 

 बैठकमा सभापति देउवा, उपप्रधानमन्त्रीसमेत रहेका उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, विश्व प्रकाश शर्मालगायत सहभागी छन् ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका पार्टीका नेता बालकृष्ण खाँण पक्राउ परेपछि सभापति देउवाले आकस्मिक बैठक बोलाउनुभएको हो ।

 

टिप्पणीहरू