सीमा कूटनीतिसँग सम्बन्धित पुस्तक सार्वजनिक गरिँदै

सीमा कूटनीतिसँग सम्बन्धित पुस्तक सार्वजनिक गरिँदै

महाकाली नदीको सन्दर्भमा नेपाल–भारत सीमा कूटनीतिमा आधारित भएर लेखिएको पुस्तक भोलि विमोचन गरिने भएको छ । 

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र डा.अच्चुत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘नेपाल–इण्डिया फ्रन्टेयिर डिप्लोमेसी इन रिफरेन्स टु काली रिभरः परस्पेक्टिभ अफ इन्टरनेसनल ल’ विमोचन गर्न लागिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकको विमोचन गर्ने बताइएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा बिहान ११ बजेदेखि कार्यक्रम शुरु हुने छ ।

टिप्पणीहरू