आरजू राणाले देश छाडिन्,रातारात  दिल्ली हुँदै सिंगापुर !

आरजू राणाले देश छाडिन्,रातारात  दिल्ली हुँदै सिंगापुर !

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी, सांसद तथा नेतृ डा. आरजू देउवा राणा भारत हुँदै सिंगापुर पुगेको बताइएको छ छन् । उनी हिजो दिउँसो मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी भएर साँझ स्थलमार्ग हुदै भारतको पटना पुगेको स्रोतले दाबी गरेको हो ।

पटनाबाट विमानमा नयाँ दिल्ली र राति नै सिंगापुर गएको बताइन्छ । भारतको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्यत्र उड्न नेपाली नागरिकलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले एनओसी अर्थात सहमति पत्र दिनुपर्ने व्यवस्था छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेपछि राणामाथि प्रहरीले अनौपचारिक निगरानी थालेको थियो । 
हेटौंडामा हिजो दिउँसो उनी सहभागी भएको कार्यक्रममा विरोध गर्न खोजेको भन्दै प्रहरीले स्थानीय मकवानपुर जागरण अभियानका संयोजक कृष्णराज कोइरालालाई पक्रेको थियो । हेटौंडा २ स्थित जगदम्बा ग्रुपले सञ्चालनमा ल्याउन लागेको स्वदेशी सुपरमार्केट उद्घाटनका लागि सांसद राणा पुगेकी हुन् । 

नक्कली शरणार्थी प्रकरणमा मानव तस्करी गर्नेको सूचीमा नाम मुछिएकाले राणालाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने र सकेसम्म बिथोल्ने भन्दै कोइरालाले सामाजिक सञ्जालमा आग्रह गरेका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

सुपरमार्केटका सञ्चालक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल हुन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि राणा अस्ति काठमाडौंबाट सिमरा उडेकी थिइन् । 

त्यसअघि उनले पीडितहरुसँग २ करोड बुझेको अडियो नक्कली भएको आरोप लगाउँदै प्रहरीको साइबर ब्युरोमा उजुर गरेकी थिइन् । उनी र प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती तथा सांसद मञ्जुमाथि पीडितसँग रकम असुलेको आरोप लागेको छ । मञ्जुले ६ करोड बुझेको अडियोमा उल्लेख छ ।

यसबीच मकवानपुर प्रहरीले भने आरजू सवार सवारी साधनलाई हेटौंडाबाट भट्टे डाँडासम्म पुर्याएर छाडेको दाबी गरेको छ । सभापति देउवाको सचिवालयले पनि राणा राति नै काठमाडौं आएको बताएको छ ।
 

टिप्पणीहरू