एमाले बैठक तारन्तार, केन्द्रीयपछि स्थायी समिति
नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ३ बजे बैठक डाकिएको बताइएको छ ।
सोही स्थानमा हिजोदेखि शुरु केन्द्रीय समिति बैठक सुचारु छ । भोलिसम्म चल्ने बैठक आज बिहान १० बजेदेखि पुनः बसेको बताइएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सचिव टोपबहादुर रायमाझी फरार छन् । १० दिनदेखि फरार रायमाझीलाई पार्टीले निलम्बन गरेको बताएको छ ।
३३५ सदस्यीय केन्द्रीय समितिमा दुई जना निलम्बित छन् ।
टिप्पणीहरू