शरणार्थी काण्डका महारानीहरुलाई पक्राउ गर : अनेरास्ववियु

शरणार्थी काण्डका महारानीहरुलाई पक्राउ गर : अनेरास्ववियु

नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कारबाही गर्न अनेरास्ववियु पब्लिक युथ क्याम्पस इकाईले माग गरेको छ । काठमाडौंको धोबिचौरस्थित क्याम्पस हातामा गरिएको प्लेकार्ड प्रदर्शनीमा अनेरास्ववियु क्याम्पस इकाई, कमिटीले नक्कली शरणार्थीको नाममा नेपाली नागरिकलाई बेच्नेहरुविरुद्ध कठोर कदम चाल्न आग्रह गरेको छ ।

अनेरास्ववियु पब्लिक युथ क्याम्पस इकाई कमिटी अध्यक्ष लक्ष्मण दुलालको नेतृत्वमा भएको प्रदर्शनीमा भुटानी शरणार्थी काण्डका मुख्य नाइके महारानीहरुलाई पक्राउ गर, बालुवाटार काण्डका नाइकेहरुलाई कारबाही गर र सबैखाले भ्रष्टाचारको अन्त्य गरलगायत प्लेकार्ड प्रदर्शन गरिएको हो ।

टिप्पणीहरू