चिनियाँ भाषा र संस्कृतिबाट मोहित अफ्रिकी
पश्चिम अफ्रिकामा पर्ने कोट डिआइभरीका योलान्डो म्याक्सले जाम्बियामा चिनियाँ भाषा र संस्कृति सिकाउन थालेका छन् ।
उनले जाम्बियाको ‘शाओलिन कल्चरल सेन्टर’ मा शाओलिन कुङफु र चिनियाँ भाषा सिकाएर चिनियाँ संस्कृति फैलाउने दूतको रुपमा काम गरिरहेको बताइएको छ ।
म्याक्स सन् २०१५ मा स्नातक तहको अध्ययन पूरा गरेपछि चीन पुगेको हुन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार त्यसपछि उनी शाओलिन कुङफु सिक्न र चिनियाँ भाषा अध्ययन गर्न मध्य चीनको हेनान प्रान्त पुगे ।
स्थानीय शाओलिन मन्दिरमा उनले ती दुबै सपना पूरा गरे । चिनियाँ संस्कृति औधी मनपराउने उनी एक चिनियाँ कम्पनीसँग आवद्ध भएर काम गरे ।
सन् २०२० मा आफ्नो मुलुक फर्केका उनी आफ्नो व्यवसायमा संलग्न छन् । तर पनि उनी चीनमा सिकेको भाषा र देखेको कला संस्कृतिलाई आफ्नो मुलुकमा समेत फैलाइरहेका छन् ।
स्रोत : सिन्ह्वा
टिप्पणीहरू