अमेरिका पठाउने प्रलोभन दिएका ओम पक्राउ

अमेरिका पठाउने प्रलोभन दिएका ओम पक्राउ

वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने नाममा ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमास सर्वसाधारणलाई ठग्दै आएका ओम शाक्य समातिएका छन् । 

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आज काठमाडौँको कालीमाटीबाट उनलाई नियन्त्रणमा लिइएको हो । 

स्थानीय ५६ वर्षीय ओमले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभनमा फसाएका थिए ।

त्यसको निम्ति प्रतिव्यक्ति २० लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितबाट पटक पटक गरेर १५ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

आफूहरु ठगिएको थाहा पाएपछि उनीहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढायो । 

सोही क्रममा आज पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू