एमसीसीलाई अनावश्यक रुपमा गिजोलियो : एमाले अध्यक्ष

एमसीसीलाई अनावश्यक रुपमा गिजोलियो : एमाले अध्यक्ष

एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना (एमसीसी) लाई सत्तापक्षलै नै गिजोलेको बताउनुभएको छ । उहाँले सत्ता घटकको रुपमा चिनिएका नेपाली काँग्रेस,माओवादी,एकीकृत समाजवादीलगायत दलले अनावश्यक रुपमा गिजोलेर अन्तमा पारित गरेको दाबी गर्नुभएको छ ।

हिजोदेखि जारी पार्टी केन्द्रीय समितिको चौथो बैठकमा प्रस्तुत राजनीतिक प्रदेवेदनमा उहाँले लेख्नुभएको छ,‘अमेरिकी सहायता परियोजना एमसीसीलाई गिजोल्नसम्म गिजोलेका र १२ बुँदे घोषणाको आवरणमा त्यसलाई नाटकीय रुपमा पारित गरेका नेताहरुले आजसम्म नेपाली जनतालाई स्पष्ट पारेका छैनन् ।’

उहाँले गिजोलेर परियोजना पारित गरे पनि आफ्नो १२ बुँदे घोषणाको कानुनी र नैतिक हैसियत आजसम्म देखाउन नसकेको जिकिर गर्नुभएको छ । प्रतिवेदनको पृष्ठ ६ र ७ मा उहाँले उक्त गठबन्धनको अघिल्लो सरकारले नै नेपाललाई पश्चिमा सैन्य गठबन्धन एसपीपीमा धकेल्ने प्रयास गरेको आरोपसमेत लगाउनुभएको छ । लेखिएको छ, ‘संसद र जनस्तरबाट सशक्त प्रतिवाद भएपछि सरकार त्यसबाट पछि हटे पनि नेपाललाई नजानिँदो गरी निश्चित शक्ति राष्ट्रहरुको पोल्टामा ढल्काउने प्रयास भित्री रुपमा जारी नै छ ।’
 

टिप्पणीहरू