मोही खाँदै थालिएको एमाले बैठक समापनर्फ
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । अस्तिदेखि शुरु पाँचौ केन्द्रीय कमिटी बैठक आज मध्यान्ह बोलाइएको स्थायी समिति बैठकपछि बस्ने बताइएको छ ।
आज साँझ सकिने केन्द्रीय कमिटी बैठकले सबै केन्द्रीय सदस्यहरुलाई ७ सय ५३ वटा पालिकाको जिम्मेवारी दिन लागेको स्रोतको दाबी छ । हिजोको बैठकमा सहभागीहरुले सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएकाले पार्टीको बेइज्जत भएको निश्कर्ष निकालेका थिए ।
त्यसैगरी समूहगत छलफलमा भाग लिँदै गोकुल बाँस्कोटा, महेश बस्नेत र देवी ज्ञवालीले संघीय प्रणालीले मुलुक बर्बाद भएको धारणा राखेको बताइन्छ । उनीहरुले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने माग राखेको बुझिएको छ ।
अस्तिदेखि पार्टी मुख्यालयको गेटमा टेण्ट गाडेर माटोको भाँडामा मोही राखिएको छ । केन्द्रीय समिति बैठकमा सहभागी कमरेडहरुलाई सभाहलमा छिर्नुअघि चिसो मोही खुवाइएको थियो । ३३५ सदस्यीय कमिटीमा दुई जना निलम्बित छन् ।
टिप्पणीहरू