उपराष्ट्रपतिलाई पाँचतारे होटलमा साक्षी राखेर..
फाइल फाेटाे
उपराष्ट्रपति रामसहायप्रसाद यादव आज बिहान ताहाचलस्थित होटल सोल्टी पुग्नुभएको छ । उहाँ अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धनप्राप्त प्रेसिडेन्टल बिजनेस स्कूलको दीक्षान्त समारोहमा भाग लिन जानुभएको हो ।
प्रमुख अतिथि बन्नुभएका उपराष्ट्रपति यादव बिहान १० बजे त्यहाँ पुग्नुभएको थियो । उहाँ झण्डै दुई घण्टा कार्यक्रममा सहभागी भएर बाहिरिनुभयो ।
कार्यक्रममा साढे दुई सयको हाराहारीमा विद्यार्थी,शिक्षक, अतिथिको सहभागिता थियो । कलेजका प्रिन्सिपल कल्पना गुरुङ र कोअर्डिनेटर सुरेश पोखरेल हुन् । कार्यक्रममा वेस्टक्लिफका डाइरेक्टर मार्कोनीको पनि उपस्थिति थियो ।
टिप्पणीहरू