काँग्रेस सांसदको पुलमुनि बास !

काँग्रेस सांसदको पुलमुनि बास !

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतम पुलमुनि आमरण अनसनमा बसेका छन् । उनले १५ बुँदे माग अघि सार्दै हिजो साँझदेखि आमरण अनसन थालेका हुन् ।

गौतम गुलरिया र बारबर्दिया जोड्ने भासिएको पुलमुनि अनसन बसेका हुन् । झण्डै ६ वर्षअघि भासिएको पुल हालसम्म बेवारिस अवस्थामा रहेकाले पुननिर्माणको माग गर्दै उनी आमरण बसेको बताइन्छ ।

गौतमसँगै प्रदेशससभा सदस्य भुवनेश्वर चौधरी रिले अनसनमा बसेका छन् ।

उक्त पुल पप्पु कन्सट्रसनले निर्माण गरेको हो । ६ वर्षअघि भासिएको र गत वर्ष पिलरसहित भौतिक संरचना बाढीले बगाएको एक वर्ष हुन लाग्दा सरकार र सम्बन्धित निकाय मौन बसेपछि गौतम पुलमुनि अनसन बस्न थालेका हुन् ।

टिप्पणीहरू