एमाले अध्यक्ष विजयोत्सव मनाउन नौ जनाको टोलीसहित इलाममा

एमाले अध्यक्ष विजयोत्सव मनाउन नौ जनाको टोलीसहित इलाममा
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम जानुभएको छ । इलामको निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजयोत्सवमा सहभागी हुन उहाँ भद्रपुर हुँदै इलाम जानुभएको छ ।

इलामको सदरमुकाममा आज दिउँसो राखिएको विजय सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । 

उहाँ सौर्य एअरलाइन्सको उडानमा बिहान ९ बजे काठमाडौंबाट भद्रपुर जानुभएको हो । काठमाडौंबाट इलाममा गएको टोलीमा नौ जना सदस्य छन् ।

टिप्पणीहरू