सँधै मुर्दावाद भन्ने तारा बरालहरु आज जिन्दावाद भन्दै

सँधै मुर्दावाद भन्ने तारा बरालहरु आज जिन्दावाद भन्दै

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी तारा बराल र उनको समूहले गृहप्रशासनको समर्थनमा र्याली गर्ने भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याउने सरकारी कदमको समर्थनमा बरालको टोली सडकमा ओर्लिन लागेको हो । आज दिउँसो ३ बजे माइतीघर मण्डलामा सम्पूर्ण प्रहरी संगठन र गृहमन्त्री नारायणकाजी श्रेष्ठको समर्थनमा प्लेकार्ड प्रदर्शन गर्न लागेको बरालले बताएकी छन् । 

सामाजिक सञ्जाल र सडकमा उग्र प्रतिक्रिया जनाउँदै आएकी बराल आफूलाई चित्त नबुझेको विषयमा विरोधपत्र बोकेर जहाँ पनि पुग्ने गरेका कारण विवादसँगै चर्चामा आउने गरेकी छन् । सँधै बिरोध प्रदर्शन गर्ने उनको टोलीले आज भने समर्थनमा र्याली गर्न लागेको हो ।

टिप्पणीहरू