विपीले भन्यो : आज माईतीघर जाऔं

विपीले भन्यो : आज माईतीघर जाऔं

राजनीतिक दल, तीनका भ्रातृ संगठन, विभिन्न संघसंस्थाले भ्रष्टाचारविरुद्ध आन्दोलन गरिरहेका बेला नेपाली काँग्रेसबाट विभाजित वीपी काँग्रेसले पनि विरोध प्रदर्शन गर्ने भएको छ । 

नक्कली शरणार्थी प्रकरणमा संलग्न नेपाली काँग्रेस र एमालेका प्रभावशाली नेताहरु नै मुछिएका बेला वीपी काँग्रेसले उनीहरुमाथि कडा कारबाहीको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई उच्चस्तरीय राजनैतिक ठगीधन्दा चलाइएको भन्दै त्यसविरुद्ध एकताबद्ध हुन उक्त पार्टीले आह्वानसमेत गरेको छ । 

अपरान्ह ३ बजे हुने विरोध प्रदर्शनमा पार्टीका सम्पूर्ण पदाधीकारी, केन्द्रीय सदस्य र भ्रातृ संस्थाका नेताहरुलाई अनिवार्य सहभागी हुन वीपीले निर्देशन दिएको छ ।

टिप्पणीहरू