पालैपालो चार आरोही समूह सगरमाथामा, पाकिस्तानीपछि बेलायती नादिया शिखरमा
आज बिहान ८ बजे पुगेको पहिलो टोलीपछि ११ बजेसम्ममा चार वटा आरोहण दल सगरमाथाको चुचुरोमा पुगेको छ । यो वर्षको सिजनमा पहिलो पटक आज बिहान आरोहीहरु सगरमाथा पुग्ने क्रम शुरु भएको हो ।
बिहान ११ बजेको समयमा बेलायती आरोही नादिया आजाद र नेपाली आरोही पेम्बाछिरी शेर्पाले सफल आरोहण गरेको बताइएको छ । शेर्पाले आज पाँचौं पटक सफल आरोहण गरेका हुन् ।
यसअघि आजै बिहान ८ बजे नेपाल र पाकिस्तानका क्रमशः पासाङतेम्बा शेर्पा र नैला कैनीले सगरमाथा आरोहण गरेका थिए । त्यसपछि एक जना अमेरिकी, एक जना हंगेरीका महिलासहित अरु दुई जना नेपाली पुरुष आरोहीले ९ बजेको समयमा आरोण पूरा गरेका हुन् ।
टिप्पणीहरू